मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण, शिशिरर्तुः, परिधावी नाम संवत्सर, श्रीशाके १९४१, सम्वत २०७६ साल फाल्गुन २० गते मंगलबार नेपाल सम्बत ११४० चिल्लाथ्व तदनुसार सन् २०२० मार्च ३ तारिक शुक्लपक्ष अष्टमी तिथि विहान ८ वजेर ५२ मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर ७ मिनेटसम्म), मृगशिरा नक्षत्र दिनरातभर (जापानमा रोहिणी नक्षत्र विहान ९ वजेर २७ मिनेटसम्म उप्रान्त मृगशिरा नक्षत्र), विष्कुम्भयोग, बवकरण, आनन्दादियोग रक्ष (जापानमा मातङ्ग), सूर्य कुम्भ राशीमा, चन्द्रमा साँझ ६ वजेर ३५ मिनेटसम्म (जापानमा राती ९ वजेर ५० मिनेटसम्म) वृष उप्रान्त मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्ने वातावरण त्यति सहज देखिदैन । आफ्नो काम गर्न आफै अगाडि बढ्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि गुमाउनु पर्नेछ । व्यापार व्यवसायबाट आय आर्जन खासै हुने छैन । नोकरी तथा राजनीतिबाट सन्तुष्टि लिने ठाँउ रहने छैन । कला सहित्य तथा यान्त्रिक काममा रुची बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयलाई बुझेर काम गर्नु होला । सामान्यतया आज गरेरका अधिकाँश काम सफल हुनेछन् । लगनशिलि भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा खासै परिवर्तन आउने देखिन्न । मनोरञ्जनात्मक क्रिया कलाप बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन त्यति अनुकुल देखिन्न । मिशनमा पुग्न गाह्रो हुनेछ,असफल भईनेछ । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । दुर्जनहरुको आगमन हुनसक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्यतया दिन अनुकुल देखिन्छ अस्थिरता त्यागेर काम गर्नु होला । गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । काममा ढिला गर्दा अवसर गुम्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने उत्साहा बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट नाफा लिन सकिनेछ । आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । शत्रुहरु कमजोर बन्ने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्ने योजना बन्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामान्यतया गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा रुची बढ्नेछ । कमाएको धनलाई वचाउन भने गाह्रो हुनसक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समस्या सँग खेली खेली काम गर्नु पर्नेछ र ती काम सफल पनि हुनेछन् । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । विवादको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र व्यवहार गर्नुहोला । उधारो कारोवार नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): योजनाबद्ध अगाडि बढ्नु पर्ने देखिन्छ । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । पठन पाठनमा प्रगति हुनेछ । सहयोगी हात कम भेटिने छन् । साझेदारी काममा हात नहाल्दा नै उत्तम हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समस्याको पहिचान गरेर अगाडि बढ्नु होला । समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । राज्य सँग सम्बन्धित काममा घाटा हुनेछ । भौतिक सुखानुभूति कम हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयमा कामको टुङ्गो लगाउनु होला । सामान्यतया आजको दिन पनि अनुकुल देखिन्छ । आफन्तबाट उचित सहयोग पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट समोचित लाभ हुनेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । लगानी नबढाउनु होला ।

—————————————–

तपाईको प्रतिक्रिया