Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
चितवन – एकीकत माओवादीका अध्यक्ष प्रचण्डले एमाओवादीको ठुलो त्याग र तपस्याबाट दोस्रो संविधानसभाको चुनाव हुन लागेकाले पनि स्पष्ट बहुमत एमाओवादीलाई नै जनताले दिने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको छ ।
चितवनको भरतपुरमा शनिवार मध्यान्ह भएको विशाल चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले मेची महाकाली अभियानअन्तर्गत जति-जति पश्चिम जाँदैछौं उति-उति नै उत्कर्षमा पुग्दै गएको बताउनुभयो । हिजो संविधानसभाका लागि लडेका जनताका छोराछोरीको टाउकाको मूल्य तोक्नेहरु आज संविधान बनाउँछौं भनेर जनतासँग झुठको खेती गर्न गाउँमा पसेका छन् भन्दै तिनलाई एकै झट्कामा कहिल्यै नउठ्ने गरी बढारेर फालिदिन आग्रह गर्नुभयो ।
दोस्रो संविधानसभाको चुनावका लागि छँदाखाँदाको सरकार त्यागेको र प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार बनाएर काँग्रेस र एमालेलाई संविधानसभाको चुनावमा जान बाध्य एमाओवादीले नै बनाएको हो भन्दै उहाँले जनताले लतारेर गणतन्त्र मान्न उनीहरुलाई बाध्य बनाएका हुन्, अध्यक्ष प्रचण्डले भन्नुभयो ।
त्यस्तै सोही सभालाई सम्वोधन गर्दै एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले मंसिर ४ को चुनाव अग्रगमनकारी र यथास्थितिवादी प्रतिगामीबीचको महाभारत हो भन्दै यसले  सत्य र असत्यकाबीचको युद्धलाई किनारा लगाउने ठोकुवा गर्नुभयो ।
काँकरभिट्टाबाट सुरु भएको मेचीमहाकाली राष्ट्रिय जागरण अभियानको हावा चितवनसम्म आउँदा हुरीमा परिणत भइसकेको छ भन्दै उहाँले यो हुरीले यो देशका प्रतिक्रियावादीहरुलाई बढारेर फाल्नेछ भन्नुभयो । ‘म अर्थमन्त्री भएको बेला ३५ अर्बभन्दा बढी राजश्व, जो नेपालको इतिहासमा सबैभन्दा बढी थियो, संकलन गरियो,
२० अर्बभन्दा बढी पैंसा संकलन गरेका थियौं, देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गरेका थियौं, अरु कुनै पनि पार्टीले छोटो समयमा यति उपलब्धि गरेका थिएनन्’ नेता भट्टराईले भन्नुभयो  । ***
तपाईको प्रतिक्रिया