Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Sher Bd.Deuba_3कैलाली- नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीवाट आफू विजयी भए सधै यस क्षेत्रको विकास गर्ने बताएका छन् ।
धनगढी नगरपालीका वार्ड नम्बर ६ जालीमा चुनावी सभालाई सम्बोधन गदै देउवाले यस क्षेत्रको कृषि , पर्यटन विश्वविद्यालयको कामलाई अघि वढाउने प्रतिवद्धता व्यक्त गरे । उनले राणा शासनको अन्त्य गर्नेदेखि माओवादीलाई शान्ति प्रकृयामा ल्याउने कार्य कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको भन्दै  देउवाले भने ‘ऐतिहासिक संविधान निर्माणका लागि पनि कांग्रेसको नेतृत्व अनिवार्य छ ।’
उनले अघिल्लो संविधान सभामा एकीकृत माओवादीकै कारण संविधान निर्माण हुन नसकेको भन्दै संविधान बनाउनकै लागि काँग्रेसलाई बुहमत दिन आग्रह गरे । उनले कांग्रेसले बहुमत ल्याए नागरिकलाई मालिक बनाउने संविधान निर्माण गर्ने बताए ।
नागरिकलाई अधिकार सम्पन्न बनाउन र विकासको आधारलाई अघि बढाउनका लागि नेपाली कांग्रेसकै नेतृत्व अनिवार्य भएको देउवाको भनाई थियो ।
तपाईको प्रतिक्रिया