Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
downloadकाठमाडौं- संयुक्त राष्ट्रसंघका आवासीय समन्वयकर्ता जिमी म्याक गोल्डरिकले सकेसम्म संविधानसभा चुनावमा सहयोग गर्न नेकपा–माओवादीलाई आग्रह गरेका छन् ।
माओवादी पार्टी कार्यालय बुद्धनगर पुगेर उनले अध्यक्ष मोहन वैद्यलाई सके  सहयोग गर्न र बहिस्कारै गरे पनि शान्तिपूर्ण तरिकाले गर्न सुझाव दिए ।
भेटपछि माओवादीका उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख सीपी गजुरेलले म्याक गोल्डरिकले माओवादीको बहिस्कार कस्तो हुन्छ भनी जिज्ञासा राखेको जानकारी दिए ।
उनले आफूहरुले निर्वाचनमा भाग लिने दलहरुले निर्वाचन आचारसंहिता पालन गरुन् र बहिस्कारमा रहेका दलहरुले शान्तिपूर्ण रुपमा बहिस्कार गरोस् भन्ने चाहेको बताएको थिए ।
जवाफमा आफूहरुले निर्वाचनको मिति सार्नुपर्ने अन्यथा यथास्थितिमा हुने निर्वाचनलाई आफ्नो दलले नमान्ने बताएको गजुरेलले जानकारी दिए ।
गजुरेलका अनुसार राष्ट्रसंघका समन्वयकर्ताको चुनावमा द्वन्द्व हुन्छ  कि भन्ने विषयमा चिन्ता थियो ।
संयुक्त राट्रसङघीय विकास कार्यक्रम (युएनडिपी) का नेपाल प्रमुखसमेत रहेका म्याकगोल्डरिकले भेटमा पछिल्लो समय माओवादीका नाममा देशभरि भइरहेका आक्रमणका घटनाबारे जिज्ञासा राख्दै त्यस्ता गतिविधि नगर्न माओवादी नेतृत्वलाई आग्रह गरेका थिए । ***
तपाईको प्रतिक्रिया