कतार – साउदी अवरले गैरकानुनी हैसियतमा बस्दै आएका हजारौ नेपालीलाई आम माफी त दियो । तर त्यहाँबाट बाहिरिने क्रममा मिलाउनु पर्ने कागजातका लागि नेपालीले धरै दुःख पाउने गरेका छन् । सउदी सरकारले एक अर्का निकायवीचमा समन्वय नगरिदिदा हजारौ नेपाली चाहेर पनि घर फिर्न सकेका छैनन् ।
सउदीले छोटो समयका लागि दिएको आम माफीको घोषणा पछि २५ हजार नेपालीले घर फिर्तीका लागि ‘आउटपास’ (बाहिरिने कागजात) बनाउन निवेदन दिएका थिए । त्यसमध्ये १३ हजारले पाईसके पनि हालसम्म ७ सयमात्र नेपाल फर्किन सकेका छन् ।
गैरकानुनी हैसियतमा झन्डै ७० हजार रहेको अनुमान छ । घरफिर्ने बाहेक कम्पनीको स्पोन्सर लिई काम गर्न खोज्ने पनि त्यतिकै छन् ।
साउदी सरकारले कहिले बाहिरिनु पर्ने विमानस्थल तोक्न ढिलाई गर्नु, विमानस्थल बारम्बार परिवर्तन भईरहनु, परिवर्तित विमानस्थलमा अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मी नपुग्नुलगायतका समस्याले नेपालीहरु घर फर्किने तारतम्य मिलाउन सकेका छैनन् ।
केही दिनअघि रियाद र जेद्दाबाट कामदार बाहिरिने ब्यवस्था मिलाएको थियो । दमाम शहरस्थित विमानस्थलमा मंगलबारबाट मात्र कामदार सम्बन्धि काम सुरु भएको छ । आउटपास लिएका नेपालीका लागि बुधबार साउदीको तेस्रो प्रमुख शहर जेद्दास्थित अध्यागमन कार्यायलमा ब्यवस्था मिलाईएको थियो । त्यहा पुगेका नेपालीलाई त्यहाँका अधिकारीले ‘माथि’ बाट कुनै जानकारी नआएको भन्दै फर्काइदिएका थिए ।
‘साउदी सरकारी निकायवीच तालमेल नमिलेकाले घर फिर्ने प्रक्रिया अलि जटिल बनेको छ,’ साउदीका राजदुत उदयराज पाण्डेले भने, ‘हजारौ आप्रबासीलाई सेवा दिन कठिनाई भइरहेको छ ।’
अर्कोतर्फ, आउटपास लिइएकाको ‘फिङरीङ’ (एक प्रकारको कागजात) भएपछि मात्रै स्वदेश फिर्न पाईन्छ । त्यसका लागि स्थानीय अध्यागमनमा जानुपर्छ । पहिलेको राहदानी र परिचयपत्र भएकाको तुरुन्तै फिङरीङ हुन्छ । यि कागजपत्र नहुनेलाई निकै समस्या लाग्ने गरेको छ ।
‘फिङरीङ भइसकेर बिमानस्थलमा पुगेका कामदारले पनि फिर्न पाईएका छैनन्,’ पाण्डेले भने, ‘बिमानस्थलमा भनेको बेला प्रहरी नपुगिदिदा अध्यागमनले फिर्न दिदैन ।’
दुताबासले आन्तरिक निकायबीचको ग्यापलाई कमी गर्न सरकारसंग आग्रह गरेको छ । समयको लागि दिइएको आममाफीमा दुताबासको सबै क्षेत्रमा पहुच नहुदा पनि कामदारले फिर्न पाएका छैनन् । अर्कोतर्फ निकै खर्चिलो र समस्या भइरहेको छ ।
‘निकै टाढा भनिएको इजिप्टको बोर्डर तापुक, जोर्डन बोर्डर सकाका, इराकको बोर्डर अरारबाट डिएचएलबाट आउटपासका लागि निबेदन आइरहेको छ,’ राजदुत पाण्डेले भने ।