Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले २ सय मेघावाटको नयाँ डिजेल प्लान्ट जडान गर्ने र भारतबाट १ सय मेघावाट विद्युत आयात गरेर सरकारले ५ घण्टामा लोडसेडिङ झार्ने योजनाका साथ काम गरिरहेको बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा ऊर्जामन्त्री बोगटीले ऊर्जामन्त्रालयले २ सय र १ सय मेघावाटका दुई डिजेल प्लान्ट ल्याउने योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरिरहेको जानकारी दिए ।
मन्त्री बोगटीले नेपाल र भारतबीच विद्युत ब्यापार बढाउने ट्रान्समिसन लाईनको क्षमताको विस्तारको काम भइरहेको जानकारी दिदै मुजफ्फरपुर र बर्दिवास प्रशारण लाईन मर्मतपछि एक सय मेघावाट विद्युत आयात हुने बताए ।
नयाँ डिजेल प्लान्ट ल्याउन र भारत बाट विद्यूत आयात गर्न नसके यसवर्ष पनि १६ देखि १८ घण्टासम्म लोडसेडिङ हुने उनले बताए । उनले भने ‘भारतबाट एक सय मेघावाट विद्युत आयात भए १३ देखि १४, १ सय मेघावाटको प्लान्ट ल्याउन सके ७ देखि ८ र दुई सय मेघावाटको प्लान्ट ल्याउन सके ४ देखि ५ घण्टासम्म लोडसेडिङ झार्न सकिन्छ ।’
मन्त्री बोगटीले मंगलबार बिहानै अर्थमन्त्री वर्षमान पुनसँग प्लान्ट खरिदको लागि बजेटको विषयमा छलफल भएको र छिट्टै प्रधानमन्त्री डा. बाबुराम भट्टराई सँग कुरा गरेर टुङगोमा पुर्याउने बताए ।
ऊर्जामन्त्री वोगटीले भारतबाट विद्युत आयात गर्ने विषय टुङगो लागे पनि त्यसको प्रक्रियाको विषयमा विहीबार नेपाल भारत टेक्निकल कमिटीको बैठक बसेर निर्णय गरिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया