Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
Anchor-Photo_20130422085031वीरगन्ज- पत्याउन मुस्किल पर्छ, तर तीन महिनाअघि मृत्यु भएकाको नाममा यहाँ आइतबार सवारी चालक अनुमतिपत्र जारी भएको प्रमाण भेटिएको छ । लाइसेन्सका लागि दिइने लिखित परीक्षा होस् वा ट्रायल, चालक अनिवार्य उपस्थित हुनुपर्छ । ढड्डामा ल्याप्चेसमेत लगाउनुपर्छ । सबै प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित व्यक्तिको उपस्थितिमा अधिकृतले लाइसेन्समा हस्ताक्षर गर्छन् । तर यहाँ तोकिएको रकम दिएकै भरमा जोकोहीले सजिलै लाइसेन्स प्राप्त गर्न सक्ने नारायणी यातायातले प्रमाणित गरिदिएको छ ।
माघ २० गते मृत्यु भएका भक्तपुर सिरुटारका ४५ वषर्ीय रामेश्वर राउतको नाममा आइतबार दुई चक्के ‘क’ वर्गको लाइसेन्स जारी भएको हो । छोरीको विवाहको निम्ता बाँड्न हिँडेका राउतको भोलिपल्ट दधिकोट वडा ६ र ७ को सिमानामा पर्ने ह्युम पाइपमा शव भेटिएको थियो । यिनै व्यक्तिले मरिसकेपछि लाइसेन्स पाएका छन् । ‘सम्बन्धित व्यक्ति आउँदा न्यूनतम ५ हजार लाग्छ,’ कार्यालयमै भेटिएका एक दलालले भने, ‘व्यक्ति नआएको अवस्थामा तेब्बर खर्च लाग्छ ।’ लाइसेन्स लिनेको नागरिकताको फोटोकपी, चार प्रति फोटो र तय भएको रकम ती दलाललाई दिइयो । चैत १८ गते यातायातले नयाँ लाइसेन्स आवेदन आह्वान गर्‍यो । राउतको नाम दर्ता भएपछि प्रवेशपत्र जारी भयो । चैत २२ गते लिखितमा राउत पास भए । यातायातको भित्तामा टाँसिएको रिजल्टमा राउतको नाम १२७ नम्बरमा थियो । चैत २४ गतेको ट्रायलमा समेत राउत पास भएको दलालले जनाए । ट्रायलको नतिजा कार्यालयले प्रकाशमा ल्याउँदैन रहेछ । वैशाख ८ देखि लाइसेन्स वितरण गरिने दलालबाटै थाहा भयो । कार्यालय सुनसान देखिन्थ्यो । ‘निवासमै कर्मचारीले लाइसेन्स बनाउँछन्,’ स्रोतले भन्यो, ‘लेनदेनको हिसाब नमिलेपछि यसपालि अलिकति ढिलो भएको हो ।’ वैशाखदेखि लाइसेन्स लिन नयाँ खाले ट्रायल लिइने भएकाले यसपालि चाप बढी भएको स्रोतले दाबी छ । दुई चक्केका लागि मात्र ३ हजार ३६ जनाले आवेदन दिएका थिए । लिखितमा दुई हजार सात सय ४७ पास भएका थिए । शाखा अधिकृत ईश्वरी ढकालको हस्ताक्षर रहेको राउतको लाइसेन्स नम्बर २३०५३३२ छ । मृतकको नाममा लाइसेन्स जारी भएको प्रमाण भेटिएपछि अञ्चल प्रहरीले छापा मारेको छ । सहायक प्रजिअ लुकबहादुर छेत्री र एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा गएको टोलीले ढड्डालगायत सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । ‘अनियमितताको प्रमाण भेटिएपछि छापा मारेर ढड्डा निणन्त्रणमा लिएको एसएसपी खनालले बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया