Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौँ- मधेसी मोर्चा सम्मिलित तीनदलको शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्न मोर्चासहितको तीनदलका शीर्ष नेताहरुलाई दिएको छ ।
गोकर्ण रिसोर्टमा आइतबार बसेको बैठकले सरकार गठनका लागि गृहकार्य गर्न शीर्ष नेताहरुलाई जिम्मेवारी तोकिएको नेकपा एमालेका भीम रावलले पत्रकारहरुलाई जानकारी दिए।
रावलका अनुसार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाल र मोर्चाका संयोजक विजयकुमार गच्छदारले सहमतिको खाका तयार पार्नेछन् ।
बैठकले राज्य पुनर्संरचना आयोगमा डा। मदन परियारलाई मनोनित गर्ने निर्णय गरेको छ ।
बैठकमा एकीकृत नेकपा (माओवादी)का तर्फबाट पुष्पकमल दाहाल, प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित नेताहरु मोहन वैद्य, रामबहादुर थापा र सिपी गजुरेल, नेपाली काँग्रेसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महासचिव प्रकाशमान सिंह तथा नेताहरु डा रामशरण महत र डा मीनेन्द्र रिजाल, नेकपा (एमाले)का तर्फबाट अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा मोर्चाको तर्फबाट विजयकुमार गच्छदार र हृदयेश त्रिपाठी सहभागी छन्।
तपाईको प्रतिक्रिया