Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
दिल्ली– भारतका चर्चित अभिनेता देव आनन्दको निधन भएको छ । लण्डनमा उपचारका लागि गएका ८८ वर्षिय देव आनन्दको ह्रदयघातका कारण निधन भएको हो । उनको जन्म सन् १९२३ को सेप्टेम्बर २६ मा पञ्जावको गुरदासपुरमा भएको थियो । बलिउड फिल्म उद्योगमा सदावाहार नायकको रुपमा चर्चित देव आनन्दका धेरै चलचित्रहरु अत्याधिक सफल मानिन्छन् सन् १९४७ मा “ हम एक हे ” चलचित्रबाट आफ्नो अभिनय यात्रा शुरु गरेका देव आनन्दले ३५ भन्दा बढी चलचित्र पनि निर्माण गरेका छन् । देव आनन्दको चर्चित चलचित्र हरे राम हरे कृष्ण नेपालमा छायांकन गरिएको थियो । भारतको विभिन्न प्रतिष्ठित पुरस्कारबाट उनी सम्मानित भएका छन् ।
तपाईको प्रतिक्रिया