Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौँ- नवौं हस्तकला व्यापार मेलाको अवलोकन गर्ने क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विदेशी सहभागीहरुले काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सामान हराएको गुनासो गरेका छन्।
यही मङ्सिर ८ गतेदेखि नेपाल हस्तकला महासङ्घको आयोजनामा भृकुटीमण्डप, प्रदर्शनीहलमा सञ्चालित सो मेलाको आज अन्तिम दिन प्रधानमन्त्री अवलोकन तथा निरीक्षणका लागि गएका थिए।
यसैगरी प्रधानमन्त्रीसँग पाकिस्तानकै एफएफएस कलेक्सनकी फाइजा रिजनीले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आफ्ना सामान हराएको गुनासो गरिन् ।
प्रधानमन्त्री डा भट्टराईले भन्सार कार्यालयले लिएको दोब्बर दस्तुर तथा चोरीका बारेमा तत्काल बुझेर कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणि पौड्याललाई निर्देशन दिए।
मेलामा पाकिस्तानका २०, बङ्गलादेशका १० र बाँकी अन्य मुलुकका करिब २०० प्रदर्शनकक्ष छन्।
तपाईको प्रतिक्रिया