Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

pija innसाउदी – वैदेशिक रोजगारका लागि साउदी अरबमा तिन बर्ष देखी काम गर्दै आएका १५ नेपाली घरजाने बेलामा कम्पनीले बिचल्लीमा परेको छ । नेपाल सरकारबाट स्वीकृत प्राप्त मेनपावर कम्पनी (Nepal get way oversear pvt.ltd) ,( Humour oversear pvt.Ltd) र (Star oversear pvt.Ltd) बाट दमाममा रहेको Jehan contracting company मा कामको लागि आएका त्यस कम्पनिले रिहाद स्थित पिज्जा ईन ( pizza inn) रेस्टुरेन्टमा सप्लाएर मा दिईएको कुरा पछीमात्र उनीहरुलाई थाहा हुन आयो ।

पटक पटक छुट्टी जान खोज्दा छुट्टी पनि जान नदिएको अनन्त ३ वर्ष बसेर पनि उनीहरु नेपाल फर्कन नपाउँदा छट्पटाई छट्पटाई दिन काट्ने गरिरहेका छन् । यसरी समस्यामा पर्नेहरूमा बद्रि बराल, नारायणप्रसाद पौडेल, बुक्तुक भोटे, राम थापा, कृष्णप्रसाद चौधरी, श्यामप्रसाद राई, लोकबिक्रम थापा, धनपति पाण्डे, अमित सुब्बा, तुलसीप्रसाद खनाल, लक्ष्मण खतिवडा, नवराज खड्का, अशोक घर्ति, मनराज गुरुङ, बुद्धलाल लामा समस्यामा परेपछि पीडितले दुबईमा कार्यरत आफ्नादाजुलाई टेलिफोनमार्फत जानकारी गराउँदै आफूहरूलाई तत्काल उद्धार गरि नेपाल फर्काउन अनुरोध गरेका छन।

अभद्र ब्यबहार प्रयोग गर्दै कम्पनीले दिनहु धम्कि दिने गरे पछि नेपाली राजदूताबासमा आफुहरु माथि परेको दु:ख दिनहु दर्शाउंदा र १५ जनाले नेपाली दूताबास रिहादमा निबेदन दिई सकेको (फाईल नं २१) पनि कुनै सुनुवाई नभएकोमा अत्यन्तै निराश छन भने हाल यस मुद्दालाई मजदुर अदालतमा दर्ता गर्न पुगेका छन।

घटना देखा परेपछि कम्पनीमा फसेका ९६ जना नेपालीहरु नेपाल जान खोजिरहेका छन। आफुहरु नराम्रो संग फसिएको हुंदा उद्वारका लागि पहल गर्न पनि सम्बन्धित निकायसंग आग्रह गरेका छन।pijaa inn
कम्पनीबाट मानव अधिकार र श्रमशोषण भैरहेको बेला दूताबासबाट उक्त कम्पनीमा फोन सम्पर्क मात्रै गरिएको छ भने दूताबासले कम्पनीमा फोन सम्पर्क गरेपछि पीडितहरुलाई कम्पनीले अपशब्द तथा धम्कीहरु दिने गरेको पीडितहरु बताउछन। अन्य उपाय अबलम्बन नगरी नेपली दूताबास साउदी अरब यसरी मौन बस्नु कहांसम्मको जिम्मेवारी होला अबश्य पनि बिदेश नेपाल सरकार भनेकै राजदूताबास भएको हुंदा यसको लागि कूटनैतिक  पहल गरी उद्वार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

nibedan NRN

तपाईको प्रतिक्रिया