Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भक्तपुरको बालकोटमा भएको हत्या घटनामा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको मृत्युपछि प्रहरीले कुलप्रसादकै जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।

खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र २२ वर्षीय कान्छो छोरा प्रविण सोमबार मृत फेला परेका थिए। मिलन र प्रविण भक्तपुरको बालकोटस्थित एक घरमा कोठा भाडामा लिएर बसिरहेका थिए। केही दिनअघि मात्र कुलप्रसाद छोराहरूसँग भेट्न खोटाङबाट आएका थिए।

अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा मिलन शनिबार राति कोठाबाट बाहिर निस्किएको देखिएको थियो। प्रारम्भिक अनुसन्धानमा उनले हत्या स्वीकार गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्। अहिले उनको विषयमा थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया