Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

Nrnटोकियो –  आज सन् २०१३ जनवरी २० आइतवारका दिन एक कार्यक्रमवीच गैरआवासीय नेपाली संघका अध्यक्ष एवं परोपकारी परियोजना कार्यदलका सभापति जीवा लामिछानेले रु. ७ लाख ५० हजार बराबरको रकम परोपकारी कार्यको लागि विभिन्न संघसंस्थाहरुलाई हस्तान्तरण गर्नुभयो ।

उक्त सहयोग रकम एनसिसि इजरायलले सिंधुली र रोल्पा जिल्लाका द्वन्दबाट प्रभावित बालबालिकाहरुको लागि सिंधुली निवासी शान्ति विक्रम गौंतम र किर्तीपूर इंगलिस बोर्डिङ्ग स्कुल, एनसिसि पोर्चुगलले सेती नदीबाट प्रभावित कास्की जिल्लाको माछपुच्छ्रे उच्चमावि, जापानका एनआरएन कपिलदेव थापाले नेपाल लाइब्रेरी फाउण्डेसन र एनसिसि युकेले हेल्प नेपाल नेटवर्कको अक्षय कोष र क्यान्सरबाट पीडित बालिका अंकिता रिजाललाई सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले आर्जन गरेको आयबाट केही रकम जोगाएर नेपालमा परोपकारी कार्यको लागि विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । साथै यस्ता परोपकारी कार्यको लागि उपलव्ध रकमहरुको उचित सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहांले आजको कार्यक्रममा परोपकारी परीयोजनामा सहयोग गर्नुहुने सबै एनसिसिहरु र एनआरएन साथीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । ***

 

तपाईको प्रतिक्रिया