Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

Myagdiबाल्टीमोर – अमेरिका सरकारबाट कानुनी मान्यता पाएको “म्याग्दी समाज-युएसए” को तेश्रो बार्षिक-अधिबेशन हालै  सम्पन्न भएको छ ।

गत: आईतबार साँझ बाल्टिमोरको माऊन्ट एभरेस्ट रेस्टुरेन्टमा आयोजित समाजको तेश्रो बार्षिक साधारण सभा रात्री-भोज सहित बेलुकी 8.00 बजे शुरु भएर बिहानको 2.00 बजे सम्म चलेको थियो ।

अमेरिकाकै जेठो संस्था “अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि.सी” का पुर्ब: अध्यक्ष श्री खेम भट्टचन, “बाना” की निबर्तमान अध्यक्ष रबिना थापा, “नासो” का ऊपाध्यक्ष गोपाल बिश्वोकर्मा, समाजका मानार्थ-सदस्य गणेश मलेखु र कास्की समाजका अध्यक्ष श्री नारायण थापाले साधारण सभामा शुभकामना मन्तब्य दिनुभएको थियो ।

“बाना” का ऊपाध्यक्ष ओम् तुलाचन, अमर छन्त्याल, चन्द्र छन्त्याल, राम प्रसाद भण्डारीको प्रस्ताबमा साधारण सभाले संस्थाको बिधान संशोधन गर्यो । करिब पन्ध्र हजार डलर आम्दानी गरेर – खर्च कटाएर 4,639.00 (चार हजार छ सय ऊनान्चालिस डलर) रकम “म्याग्दी समाज युएसए” को बैंक खातामा रहेको आर्थिक प्रतिबेदन कोषाध्यक्ष हिक्मत श्रेष्ठले प्रस्तुत गरे ।

बेलुकी 8.00 बजे देखी रातभरी गर्मागर्मी बहस् गरेर भोलिपल्ट बिहानको 2.00 बजे निर्बाचन समितीका क्रिस घिमिरेले निम्न व्यक्तीहरू रहेको नयाँ कार्यसमिती घोषणा गरे:

1) अध्यक्ष – बुद्धी शेरचन (मच्छीम् ),
2) ऊपाध्यक्ष – दिपक शर्मा (ज्यामरुककोट),
3) सचिब – प्रेम किसान (बेनी बजार),
4) आईटी. डाईरेक्टर – कमल केसी (सिँगा-सुर्केमेला),
5) सदस्य – खगेन्द्र छन्त्याल (गुर्जा),
6) सदस्य – बिकाश छन्त्याल (मंगले),
7) सदस्य – योगेन्द्र छन्त्याल (मलम्पार),
8) सदस्य – ईन्द्र बहादुर थापा (सिङ्गा-बाँस्कुना),
कोषाध्यक्ष र महिलाको लागी कुल 3 सिट खाली राखियो l
अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि.सी” का पुर्ब: अध्यक्ष श्री खेम भट्टचनले नवनिर्बाचित सबैलाई खादा ओडाएर बधाई दिनुभएको थियो l सचिब सुमन मल्ल (राखु) ले कार्यक्रम संचालन गर्नुभएको बार्षिक-अधिबेशन म्याग्दी समाजका अध्यक्ष पारसमणी श्रेष्ठ (मुना) को अध्यक्षतामा सम्पन्न भएको थियो l ***

थप फ़ोटोहरुका लागि यहां क्लिक गर्नुहोला
तेश्रो अधिवेशनको भिडियो हेर्न यहां क्लिक गर्नुहोला 

 

तपाईको प्रतिक्रिया