समाचार सुन्नुहोस :
काठमाडौँ – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा उनी उपचारका क्रममा नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा बिहीबार राति करिब ९:४५ बजे देहत्याग गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
डा. सिंह एक चर्चित अर्थशास्त्री थिए र उनलाई आधुनिक भारतको आर्थिक सुधारका प्रमुख योजनाकारको रूपमा चिनिन्छ। उनले सन् २००४ देखि २०१४ सम्म लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्रीको जिम्मेवारी वहन गरेका थिए। यसअघि अर्थमन्त्रीको भूमिकामा रहँदा भारतको अर्थतन्त्रलाई खुलापनतर्फ उन्मुख गराउँदै विश्वव्यापीकरणको दिशामा ठुलो कदम चालेका थिए।