समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई साँझ साढे ५ बजे विमानमार्फत राजधानी ल्याउने तयारी गरिएको छ।
लामिछानेलाई सहकारी ठगी र संगठित अपराधका आरोपमा कात्तिक २ गते पक्राउ गरिएको थियो। उनलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।
काठमाडौँको स्वर्ण लक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा पनि पक्राउ पुर्जी जारी भएपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहिबार, मंसिर १३, २०८१
प्रकाशित समय: २०:२२:००