Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रसुवाको कालिका गाउँपालिका वडा नं १ स्थित ग्राङ इलाकामा विद्युत सट भई भएको आगलागीमा तीन घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीका कारण करिब २७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए। जलेका घरसँगै भित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, गरगहना र नगद पनि नष्ट भएको छ।

ग्राङको घुमाउने क्षेत्रका पासाङ मेन्दो तामाङको घरमा विद्युत सट हुँदा सुरु भएको आगोले छिमेकी नेमानुर्पु तामाङ र छिरिङ तेम्बा तामाङको घरसमेत जलेको छ। यी घरहरूले एउटै मिटरबाट अवैध रूपमा तार तानी विद्युत उपयोग गरिरहेको पाइएको छ। मौजुदा विद्युत ऐनले यस्तो कार्यलाई गैरकानुनी माने पनि रसुवाका विकट बस्तीहरूमा नियम पालना हुन नसकेको प्रहरीको भनाइ छ।

प्रहरी प्रवक्ता सुन्दर चौलागाईंका अनुसार जनतालाई यसबारे सचेत गराउँदै अवैध गतिविधि रोक्न कानूनी कदम चालिनेछ। आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। प्रभावित घरधनीहरूलाई थप सहयोग र पुनर्स्थापनाको पहल गर्न स्थानीय प्रशासनले प्रयास गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया