Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएको छ। बिहीबार बसेको बैठकपछि आयोगले जारी गरेको विज्ञप्तिमा, निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्षलाई सचेत गराउँदै शंकास्पद व्यक्तिको प्रवेश रोक्न र गतिविधिमा निगरानी राख्न सरकारलाई निर्देशन दिएको छ।

चुनाव हुने क्षेत्रमा अनधिकृत व्यक्तिको गतिविधि सूक्ष्म अनुगमन गर्न, अवाञ्छित क्रियाकलाप भए नियन्त्रणमा लिन र कानुनअनुसार कारबाही गर्न गृह मन्त्रालयमार्फत स्पष्ट निर्देशन जारी गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नीता पोखरेलले जारी गरेको विज्ञप्तिमा, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई सबै उम्मेदवार र राजनीतिक दलहरूसँग समान व्यवहार गर्न निर्देशन दिइएको छ।

यसैगरी, आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवार र दलहरूले कुनै पनि प्रचारप्रसार गतिविधि गर्न नपाउने व्यवस्था लागू हुने बताइएको छ। आयोगले उपनिर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

तपाईको प्रतिक्रिया