Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँग शुक्रबारबाटै बयान लिइने भएको छ । ठगीमा नाम जोडिएपछि अनुसन्धान गर्न भन्दै उनलाई बिहीबार साँझ पोखराबाट बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

प्रहरीले स्कर्टिङ गर्दै भद्रकाली पुर्‍याएर उनलाई हिरासतमा राखिएको छ । उनलाई हिरासतको भीआईपी कक्षमा राखिएको स्रोतले जानकारी दिएको छ । यसअघि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी उक्त कक्षमा बसेका थिए । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौंमा पनि बयानको तयारी भएको हो ।

सोही मुद्दामा पूर्व डीआईजी छविलाल जोशी र कुमार रम्तेलसँग भने बयान लिइसकिएको छ । काठमाडौं विमानस्थलबाट लैजाने क्रममा रास्वपा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनलाई यसअघि बुटवलमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइएको थियो । रविविरुद्ध पाँच वटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया