Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचन देशका निम्ति जनमतसंग्रह नै भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनलाई मतदान गर्न आह्वान पनि गरे ।

कीर्तिपुरमा मात्र मेयर पदमा उपनिर्वाचन हुन लागेकाले यो जनमतसंग्रह नै भएको उनले टिप्पणी गरे । ‘यो चुनाव देशका लागि जनमतसंग्रह नै हो,’ उनले भने, ‘त्यसकारण माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनको चुनाव चिन्ह गोलकारभित्र रहेका हँसिया हथौडालाई भोट हाल्न आग्रह गर्दछु । जिताउन भन्न चाहन्छु ।’

कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीका उमेदवारलाई सघाउने सहमति छ । र, काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा माओवादीले एकीकृत समाजवादीका उमेदवारलाई सघाउने सहमति यसअघि नै भइसकेको छ ।

कीर्तिपुरसहितका स्थानीय तहका रिक्त पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया