Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

काठमाडौं – दक्षिण कोरियाको राजधानी सोलमा भारी हिमपात भएको छ । द कोरिया हेराल्डका अनुसार सोलमा इतिहासकै तेस्रो बाक्लो हिमपात भएको हो । बुधबार र बिहीबार सोलमा बाक्लो हिमपात भएको हो ।

बिहीबार बिहान ८ बजे सोलमा २८.६ सेन्टिमिटरसम्म हिउँ जमेको समाचारमा जनाइएको छ । सन् १९०७ देखि कोरियामा हिमपातको रेकर्ड राख्न थालिएको हो । सोलमा मार्च २४, १९२२ मा ३१ सेन्टिमिटर हिउँ परेको थियो । जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर र त्यसै वर्षको फेब्रुअरी १ मा २८.६ सेन्टिमिटर हिउँ परेको थियो ।

शुक्रबारसम्म मुलुकका विभिन्न भागमा हिउँ पर्ने सम्भावना रहेको पनि त्यहाँको मौसम विभागले जनाएको छ । लगातार बाक्लो हिउँ परेपछि दर्जनौँ उडानहरू बन्द भएका छन् । साथै ‘फेरी’ हरू पनि बन्द गरिएको स्थानीय समाचार माध्यमहरूले जनाएका छन् । अत्यधिक चिसोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको योन्हाप न्युज एजेन्सीले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया