Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अन्ततः न्युयोर्कमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ७९ औं संयुक्त राष्ट्र संघको महासभाको दौरान द्विपक्षीय साइडलाइनमा भेटवार्ता हुने निश्चित भएको छ। नेपालले लामो समयदेखि यस किसिमको वार्ता प्रस्ताव गरेको भएता पनि भारतीय पक्षबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थिएन। ओली न्युयोर्क पुग्न केही घन्टाअघि मात्र भारतीय पक्षले मोदी वार्ताका लागि तयार रहेको सन्देश दिएको हो।

यो भेट ओलीको चौथो कार्यकालमा मोदीसँग पहिलो पटक हुनेछ। भेटवार्ताका लागि नेपाली पक्षले विभिन्न स्तरमा प्रयास गरेको थियो। जसमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको भूमिका महत्वपूर्ण रहेको छ।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओलीले २२ सदस्यीय टोलीको नेतृत्व गरेका छन्। उनले ‘समिट अफ द फ्युचर’ कार्यक्रममा पनि सम्बोधन गर्नेछन्। यसअघि तय भएको थाइल्यान्डको बिमस्टेक सम्मेलन स्थगित भएपछि न्युयोर्कमा भेट सम्भव हुने भएको हो ।

 

 

तपाईको प्रतिक्रिया