Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

टोकियो – नेपाली महिलाहरूको प्रमुख चाडको रूपमा रहेको हरितालिका तीजको अवसर पारेर जापानमा ‘तीज फेस्टिवल फोटो प्रतियोगिता’ आयोजना गरिएको छ । जि एण्ड के कम्पनीको आयोजना र नुवाकोट सेवा समाज जापानको सह आयोजनामा महिलाहरूको तीज उत्सवलाई थप उल्लासमय बनाउन फोटो प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाली मौलिक पर्व तीजलाई प्रोत्साहन र कला तथा संस्कृतिको प्रवर्द्धन हुनेगरि फोटो प्रतियोगितामा मौलिक नेपाली पहिरन, कला संस्कृति झल्काउने श्रृंगार लगायतलाई प्राथमिकता दिएर उत्कृष्टलाई नगद तथा उपहार प्रहाद गरिने आयोजक जि एण्ड के कम्पनीका प्रमुख ददिवल खड्काले जानकारी दिए । फोटो प्रतियोगितामा प्रथमलाई जापानी १ लाख येन, द्वितीयलाई ५० हजार येन र तृतीयलाई ३० हजार येन नगद पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ ।

यसैगरि प्रतियोगीहरू मध्येबाट उत्कृष्ट थप तीन जनालाई साडी वा कुर्ता रोजेर एक सेट कपडा उपलब्ध गराइने भएको छ । प्रतियोगितामा जापानसहित विश्वभरबाट महिला सहभागीहरूले साडी, तथा मौलिक जातीय भेषभुषामा सजिएको तस्बिर पठाउन सक्नेछन् । यसको लागि नुवाकोट सेवा समाज जापानको फेसबुकमा पोष्ट गरिएको तस्बिरलाई लाईक, कमेन्ट, सेयरको आधारमा विजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुनेहरूले आफ्नो ३ वटा तस्बिरसहित आधिकारिक ठेगाना, नाम, फोन नम्बर र इमेल पठाउनुपर्ने नियम राखिएको छ । यस बारेको विस्तृत जानकारी नुवाकोट सेवा समाज जापानको फेसबुक पेज तथा ०८० ६७७९ ७७७० मा भाइबर तथा ह्वाट्सएप मार्फत जानकारी लिन सकिने छ ।

फोटो प्रतियोगितामा सहभागीले पालना गर्नुपर्ने नियमहरू
१. सहभागीले आफ्नो कम्तीमा एउटा बढीमा ३ वटा फोटो पठाउनुपर्नेछ ।
२. फोटोको साथमा आफ्नो नाम, सम्पर्क नम्बर, स्थायी ठेगाना र इमेल साथमा पठाउनुपर्नेछ ।
३. फोटो पठाउने अन्तिम मिति २०२४, सेप्टेम्बर ५ तारिख जापानी समय अनुसार बिहान १० बजे रहेको छ ।
४. प्रतियोगिताको विजेता सेप्टेम्बर ८ तारिख एक कार्यक्रमका बिच घोषणा गरिनेछ ।
५. प्रतियोगी स्वयंले फेसबुक पेज लाईक, सेयर र आफ्नो फोटोमा अनिवार्य कम्तीमा एउटा कमेन्ट गरेको हुनुपर्नेछ ।
६. प्रतियोगीको फोटो लाईक, सेयर र कमेन्ट गर्ने सबैले अनिवार्य नुवाकोट सेवा समाज जापानको पेजलाई लाइक गरेको हुनुपर्नेछ, अन्यथा त्यस्ता सहभागीको मतलाई मान्य गरिने छैन ।
७. एक जनाले एक भन्दा बढी जति पटक सेयर गरेको भएपनि एक पटक मात्र गणना गरिनेछ ।
८. विजेता घोषणाको अन्तिम निर्णय नुवाकोट सेवा समाज जापानमा रहनेछ ।
९. उत्कृष्ट ३ जनालाई क्रमशः प्रथम, द्वितीय र तृतीय घोषणा गरिनेछ ।
१०. फोटोलाई अन्य ग्रुपहरूमा सेयर गर्न सकिनेछ ।
११ . फोटो र अन्य विवरण नुवाकोट सेवा समाज जापानको पेज वा 080-6779-7770 नम्बरमा भाइबर वा ह्वाट्स एपमा पठाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया