Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगरिदिन अनुरोध गर्दै निवेदन दिएको खुलेको छ । निवेदन ‘गौशाला-२६’ ले दिएको हो कि अन्य कुनै युवतीले भन्ने स्पष्ट खुलाइएको भने छैन । तर गौशाला २६ कै नामबाट निवेदन प्राप्त भएको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटनमा यही साउन ८ गते हस्तलिखित निवेदन दिएर उनले ‘आफूमाथि बलात्कार नभएको’ बताएको उच्च अदालत पाटनका सहन्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए । संस्थाको दबाबमा आफूले विगतमा जाहेरी दिएको भन्दै अब थप पुनरावेदन नगर्न आग्रह गरिएको छ ।

गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन लिखित निवेदन मार्फत माग गरेकी हुन् । उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

तपाईको प्रतिक्रिया