Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – ‘खजुरे ब्रो’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी नीति शाह अहिले धमाधम फिल्म साइन गरिरहेकी छिन् । उनी नयाँ फिल्म ‘मोहर’ मा अनुबन्धित भएकी छिन् भने दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट पनि साइन गरेकी छिन् ।

जसमध्ये मोहर ओम प्रतीकको निर्देशन र लेखनमा बन्न लागेको फिल्म हो । यसको निर्माण चुम्बन जङ्ग शाही गर्ने बताइए पनि निर्माणपक्षले फिल्मको बारेमा अरू केही खुलाएको छैन ।

त्यस्तै नीतिको हातमा फिल्म ‘रुखान’ पनि छ । सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्मको छायांकन चाँडै सुरु गर्ने योजना निर्माणपक्षको छ भने उनी अर्को एक नाम चलेको ब्यानरको फिल्ममा समेत जोडिएकी छिन् ।

यद्यपि यसबारे उनले केही बताएकी छैनन् । जहाँ हालै मात्र फिल्म ‘ज्वाइँ साब’को छायांकन उनले सकाएकी छिन् । एउटा गीत बाँकी राखेर यसको निर्माणपक्षले छायांकन सकिएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया