Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं –  फ्रान्सलाई पराजित गर्दै स्पेन जर्मनीमा जारी युरोकपको फाइनलमा पुगेको छ । म्युनिखमा रहेको आलियान्ज एरिनामा आयोजना गरिएको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

आठौँ मिनेटमा पाएको अग्रता जोगाउन नसक्दा फ्रान्स पराजित भएको हो । खेलको आठौँ मिनेटमा फ्रान्सका रन्डाल कोलो मुआनीले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, २१ औँ मिनेटमा १६ वर्षे लामिन यामालले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा पुर्‍याए । त्यसको चार मिनेटपछि खेलको २५ औँ मिनेटमा डानी ओल्मोले स्पेनका लागि अर्को गोल थपे । खेलको बाँकी समयमा कुनै गोल हुन सकेन र स्पेन २–१ ले विजयी भयो ।

यो खेलमा गोल गरेसँगै यामालले युरोकपको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि राखेका छन् । सन् २००८ को जुलाई १३ मा जन्मेका यामालले यसअघि स्पेनका लागि १२ खेल खेल्दै २ गोल गरिसकेका छन् । उनले फुटबल क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

‘फाइनलमा पुग्दा निकै खुशी लागिरहेको छ ।’ खेलपछि यामालले भने, ‘अब महत्वपूर्ण कुुरा भनेको प्रतियोगिता जित्नु हो ।’

यससँगै दुई पटकको युरोकप विजेता फ्रान्स सेमिफाइनलबाटै घर फर्केको छ । यसअघि सन् १९८४ र सन् २००० मा फ्रान्सले युरोकपको उपाधि जितेको थियो ।

खेलपछि प्रतिक्रिया दिँदै फ्रान्सका प्रशिक्षक डिडियर डेश्च्याम्प्सले आफूहरुले सक्दो प्रयास गरेको भएपनि स्पेनी पक्षको खेल राम्रो रहेको उल्लेख गरे । ‘हामीले सकेसम्म उत्कृष्ट खेल्ने प्रयास गर्‍यौँ’ उनले भने, ‘हामीले अग्रता लिएका थियौँ तर स्पेनी पक्षले अझै राम्रो खेले ।’

‘स्पेनले आफूहरु धेरै राम्रो टोली भएको सन्देश दिएको छ ।,’ उनले भने, ‘शुरुवाती अग्रता हासिल गर्नु हाम्रो सौभाग्य हो, तर उनीहरुले हामीलाई धेरै समस्यामा पारे, खेलमा उनीहरुको नियन्त्रण राम्रो थियो ।’

अब स्पेनले फाइनलमा इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सबीको विजेतासँग खेल्नेछ । इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको खेल भोलि सबेरै पौने १ बजे ड्रटमण्डको सिग्नल इडुना पार्कमा आयोजना हुनेछ ।

नेदरल्याण्ड्सले क्वार्टरफाइनलमा टर्किएलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने इङ्ग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेको थियो ।

नेदरल्याण्ड्स र इङ्ग्ल्याण्डबीच अहिलेसम्म २२ खेल भएका छन् । जसमा इङ्ग्ल्याण्डले ६ खेल जितेको छ भने नेदरल्याण्ड्सले ७ पटक जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

युरोकपको फाइनल खेल जुलाई १५ सोमबार सबेरै पौने १ बजे शुरु हुने छ । फाइनल खेल बर्लिनमा रहेको ओलम्पियास्टाडियोनले आयोजना गर्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया