Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – मण्डला थियटरमा मंगलबारदेखि नाटक ‘राधा’ मञ्चन भइरहेको छ । तुलसी परियारको निर्देशन र सुमित्रा बोगटीको लेखन रहेको नाटक ‘राधा’ मञ्चन भइरहेको हो ।

नाटकमा अञ्जु पन्तकी छोरी परितोषिका मुख्य भूमिका देखिएकी छन् । उनले नाटक ‘राधा’ मार्फत अभिनयमा करिअरमा डेब्यु गरेकी हुन् । सामाजिक परिवेशमा आधारित रहेको नाटकमा विवाह सम्बन्धपछि महिलाले निभाउनुपर्ने भूमिकाबारे प्रस्तुत गरिएको छ ।

निर्देशक परियारका अनुसार महिलाले विवाहित सम्बन्ध जस्तो भएता पनि आफ्नो सन्तानप्रतिको कर्तव्य इमान्दारपूर्व निभाउनु पर्ने विषयबारे देखाइएको छ । उनले भने, ‘राधा हाम्रो समाजमा भएको पात्र मध्येको एक हुन, जुन कहिले छोरी, कहिले आमा, त कहिले श्रीमतीको भूमिका निभाउँदा निभाउँदै त्यसैमा हराएर आफूलाई बिर्सन्छिन ।’

नाटक मण्डला ड्रामा स्कूलका विद्यार्थीहरुको उत्पादन र मण्डला ब्याच १४ का कलाकारहरुको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । नाटकमा आर्जु खरेल, अजय कार्की , हेमन्त खड्का, कृतिका बस्नेत, मिशेल घिमिरे, नविन शाही, परितोषिका पन्त, प्रेमा गुरुङ, सर्जिका मिजार, उदित थापा, युगल श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया