Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शेयर बजार उच्च अंकले घटेको छ । हिजो झिनो अंकले बजार घटे पनि आज उच्च अंकले बजार ओरालो झरेको हो । २२० कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन्‌ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.६८ अंकले घटेको हो । १.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९७२.०९ अंकमा ओर्लिएको छ । आज ३०९ कम्पनीका ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता शेयर किनबेच हूँदा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८.८६ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि बोटलर्स नेपाल बालाजु र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.८६ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै जोशी हाइड्रोमा नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् । आज पनि सोनापुर मिनिरल्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७०.५१ रुपियाँ, सोमबार १३.२८ अंकले बजार बढ्दा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ, मंगलबार ९.३४ अंकले बजार बढ्दा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६.२१ रुपियाँ र हिजो बुधबार ०.८७ अंकले बजार घट्दा २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७.४२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया