Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

टोकियो – आज टोकियोमा भएको भलिबल प्रतियोगितामा गल्कोट समाज जापान बिजयी भएको छ ।  म्याग्देली संजाल जापानलाई ३-० ले परास्त गरी गल्कोट समाज जापान बिजयी भएको हो भने म्याग्देली संजाल जापान दोश्रो स्थानमा चित्त बुझाउन पुगेको छ ।

थकाली सेवा समिति जापानद्वारा आयोजित बहुप्रतिक्षित भलिबल प्रतियोगिता टोकियो सागिनोमिया स्थित सागिनोमिया स्टेडियमा भएको थियो ।

भलिबल प्रतियोगिताको प्रमुख अतिथि  जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले भलिबल बलिंग गरेर उदघाटन गर्नुभएको थियो । प्रतियोगितामा १० टिमले भाग लिएका थिए ।

सो अवसरमा  नाकानो सिटिका भलिबल एसोसिएसनका अध्यक्ष तथा सभासद ईचिकावा मिनोरुको पनि बिशेष अतिथिकारुपमा  उपस्थिति रहेको थियो ।

प्रतियोगितामा दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्ट,  एनआरएन जापानका अध्यक्ष ओम गुरुंग, नेपाल आदीबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापा मगर, आईएनसीजेका अध्यक्ष अर्जुन अधिकारी, गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारी, म्याग्देली संजाल जापानका अध्यक्ष महेन्द्र खडका, तमु धीं जापानका अध्यक्ष  हर्क गुरुंग, नेपाली जनप्रगतीशिल  मोर्चाका अध्यक्ष बेलु  थापा, लमजुंग समाज जापानका अध्यक्ष ऋतुकुमार दुरा, जापान नेपाल मैत्री तथा  साँस्कृतिक संघका अध्यक्ष बिनोद शेरचन, गल्कोट समाज जापानका उपाध्यक्ष नरबहादुर थापा, वी फ़र अलका अध्यक्ष सरोज खत्री, वामी सेवा समितिका अध्यक्ष सुरेश केसी, माया नेपाली संगीत संस्थाकी संयोजक युको ओकामोतो मल्ल लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रारम्भमा राष्ट्रिगानबाट शुरु गरिएको प्रतियोगितामा खेलाडि तथा अतिथिहरुलाई थसेसका अध्यक्ष शरदकुमार गौचनले हार्दिक स्वागत गर्नुभएको थियो ।

सम्पन्न भलिबल प्रतियोगिताको नतिजा
‘ए’ कोट / GROUP ‘A’
(2) कावासाकी युनाईटेड – Kawasaki United / 25 / 23 / 24 /
(3) म्याग्देली सञ्जाल जापान  – Myagdeli Sanjal / 16 / 25 / 26 / (बिजयी)

(4) बलेवा युथ सोसाईटी – Balewa Youth Society / 25 / 25 / (बिजयी)
(5)  वी फर अल – We For All / 9 / 8 /

(1) थकाली सेवा समिति जापान – Tha Se Sa Japan / 8 / 15 /
(3) म्याग्देली सञ्जाल जापान – Myagdeli Sanjal / 25 / 25 / (बिजयी)

सेमिफाईनल
(3) म्याग्देली संजाल जापान – Myagdeli Sanjaal / 25 / 25 / (बिजयी)
(4) बलेवा युथ सोसाईटी – Balewa Youth Society / 18 / 17 /

‘बि’ कोट / GROUP ‘B’
(6) गल्कोट समाज जापान – Galkot Samaj Japan / 25 / 25 / (बिजयी)
(7)  नेपाल मगर संघ जापान -Nepal Magar Sangh / 12 / 23 /

(8) गोल्डेन नेपाल युथ क्लव – Golden Nepal Youth Club / 25 / 25 / (बिजयी)
(9) नेपाल जापान युथ क्लव – Nepal Japan Youth Club / 11 / 19 /

(8) गोल्डेन नेपाल युथ क्लव – Golden Nepal Youth Club / 27 / 25 / (बिजयी)
(10) आइएनसीजे – INCJ Japan / 25 / 9 /
सेमिफाईनल / SEMI-FINAL
(6) गल्कोट समाज जापान – Galkot Samaj Japan / 25 / 27 / (बिजयी)
(8) गोल्डेन नेपाल युथ क्लव – Golden Nepal Youth Club / 20 / 25 /

फ़ाईनल / FINAL
(3)  म्याग्देली संजाल जापान- Myagdeli Sanjal / 21 / 21 / 19 / (द्वितीय)
(6)गल्कोट समाज जापान*Galkot Samaj Japan / 25 / 25/ 25 / (प्रथम)

प्रतियोगितामा गोल्डेन नेपाल युथ क्लबका यस एटाक्कर भिक्टर ताडामगरले सर्वोकृष्ठ खेलाडीको उपाधि हासिल गरेका थिए ।  प्रतियोगितामा नाकानो सिटी भलिबल एसोसिएसनका १० ब्यवसायिक  रेफ्रीहरुले जजमेन्टको भूमिका निर्वाह गरेका थिए।

बिजयी टिमलाई अतिथिहरुले कप, प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका अध्यक्ष शरदकुमार गौचनले खेलाडि, रेफ़्री, दर्शक, अतिथि तथ सहयोगीहरु सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

 यसैगरी खेलकुद संयोजक लेलिन भट्टचनले समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै स्वस्थ्य र अनुशासित जीवनका लागि खेलकुद अत्यन्त महत्वपूर्ण भएको भए पनि  जापानमा सांगीतिक लगायत अन्य कर्यक्रमहरु बराबर हुने गरिएको भए पनि खेलकुद क्षेत्रलाई त्यति ध्यान नदिएको अवस्थामा थसेस जापानले भलिबल प्रतियोगिताको आय़ोजना गरेर एउट नौलो र उपयोगी कार्यक्रमको थालनी गरेको र यसलाई निरन्तरता प्रदान गरिने बिचार ब्यक्त गर्नुभयो ।  ‘कार्यक्रममा सबैको अनुशासित र उत्साहजनक सहभागित एवं सहयोग रह्यो आय़ोजको तर्फ़बाट सबैलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु’ – संयोजक भट्टचनले भन्नुभयो ।

उत्साहजनक खेलप्रेमीहरुको उपस्थिति र खेलाडिहरुको सहभागिताकाबिच अत्यन्त प्रतिस्पर्धात्मक एवं सौहार्द्रपूर्ण वातावरणमा भलिबल खेल सम्पन्न गरेर थसेसले जापानमा खेलप्रेमीहरुको मन जित्न सफ़ल त भएको छ नै लुकेका प्रतिभाशाली खेलाडिहरुलाई प्रोत्साहित गरेर खेल क्षेत्रमा नयां अध्यायको शुरुवात गरेकोमा दर्शक, खेलाडि एवं खेलप्रेमीहरुले आयोजक संस्थाप्रति कृतज्ञता प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया