Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। गए राति बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि १० जना उम्मेदवार तय गरेको हो। कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका ३ सहित १० उमेदवार टुंगो लगाएको हो।

यसअनुसार कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेतले टिकट पाएका छन्। यसैगरी गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन्। लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ। कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ।

तपाईको प्रतिक्रिया