Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ । बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार जहाजको ढोका यात्रुले खोलेको पाइएको छ । ‘जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन्,’ उनले भने, ‘इमर्जेन्सी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन् । हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दै छन् ।’

यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको उनले बताए । यात्रु यादव देवकोटाले भने जहाजको आपतकालीन ढोकाभित्र आएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो ।’

तपाईको प्रतिक्रिया