Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – एशिया कपअन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई २२८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जितका लागि ३५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १२८ रनमा अलआउट भयो।

श्रीलंकाको कोलोम्बोमा भएको खेलमा पाकिस्तानका ओपनर फखार जमानले सर्वाधिक २७ बनाए। अघा सलमान र इफ्तिखार अहमदले २३–२३ रनको योगदान दिए। इमाम उल हक ९, कप्तान बाबर आजम १० र मोहम्मद रिजवान २ रनमा आउट भए।

भारतका कुलदीप यादवले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले २५ रन मात्र खर्चिएका थिए। जस्प्रित बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रनको विशाल योगफल तयार पारेको थियो।

 

तपाईको प्रतिक्रिया