मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो – जापानमा पर्यटकको आगमन कोभिड महामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको छ । कोभिड-१९ महामारीअघि सन् २०१९ अप्रिलसम्मको अवस्थामा पुगेको र यो वर्ष अप्रिलमा जापान आउने विदेशी पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६६.६ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको हो ।

जापानको राष्ट्रिय पर्यटन संगठनका अनुसार चेरी फूलको मौसममा पर्यटनको उच्च वृद्धि भई गत महिना जापानमा अनुमानित १९ लाख ४९ हजार १०० विदेशी पर्यटकले अवलोकन गरेका थिए । सन् २०२० को फेब्रुअरीमा महामारीका कारण विदेशी पर्यटकको आगमनमा तीव्र गिरावट आएयता यो सङ्ख्या सबैभन्दा बढी हो ।

यसैबीच, वैदेशिक रोजगारीमा जाने जापानीको सङ्ख्या पाँच लाख ६० हजार २०० पुगेको छ, जुन गत वर्षको अप्रिलमा एक लाख २९ हजार १६८ रहेको थियो । यद्यपि, यो सङ्ख्या सन् २०१९ को अप्रिल महिनाको तुलनामा ६६.४ प्रतिशतले कम हो ।

तपाईको प्रतिक्रिया