Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन या मित्रवत् प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । मंगलबार ओलीलाई पत्र लेख्दै देउवाले यस्तो आग्रह गरेका हुन् ।उनले पत्रमा लेखेका छन्, ‘यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिवेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्यअनुरूप आ–आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौँ । लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौँ। यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ। त्यही स्मरण साथ यो पत्र यहाँलाई लेखिरहेको छु र राष्ट्रपति पदमा माननीय रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।’

उनले राष्ट्रपति केवल एउटा पद नभएर गरिमायुक्त संस्था भएकाले यस्तो संस्थाको नेतृत्व चयन हुँदा सम्भव भएसम्म बृहत्तर सहमतिको आवश्यकता हुनुपर्ने पत्रमा उल्लेख गरेका छन् । ‘राष्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैँमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौँ । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म बृहत्तर सहमति निर्माण हुन सकोस् भन्ने आमअपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ। विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ। यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईंसमेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु,’ उनले पत्रमा लेखेका छन् ।

शालीन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व हुनुका साथै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरूभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व भएकाले सहयोग गर्न ओलीलाई आग्रह गरे। संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रूपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु सबैको साझा दायित्व भएको उनले उल्लेख गरेका छन् । निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुने उनको विश्वास छ ।

 

तपाईको प्रतिक्रिया