Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो ।

मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष जुलिया मोर्लीले इन्स्टाग्रामबाट यस्तो घोषणा गर्दै प्रतियोगिताको ७१ औं संस्करण यूएईमा गर्ने निश्चित भएको जानकारी दिन पाउँदा खुसी लागेको बताएकी छन् । सहमालिक गुरुङले पनि यसअघि यस वर्षको मिस वर्ल्ड एसियामा हुने संकेत गरेका थिए । उनले कम्तीमा १० वर्षमा मिस वर्ल्ड नेपालमा समेत गर्न सकिने योजनाबारे छलफल भइरहेको जनाएका थिए ।

आगामी मे महिनामा दुबईमा फिनाले हुने भनिएपनि निश्चित मिति भने सार्वजनिक भइसकेको छैन । प्रतियोगिताको पछिल्लो संस्करण गत मार्चमा अमेरिकाको पुएर्तो रिकोमा सम्पन्न भएको थियो, जहाँ पोल्याण्डकी सुन्दरी कारोलिना बिलावस्काले ताज जितेकी थिइन् ।त्यतिबेला मिस नेपाल नम्रता श्रेष्ठले प्रतिस्पर्धा गरेकी थिइन् । यस वर्षको दुबई संस्करणमा चाहिं प्रियंकारानी जोशीले प्रतिस्पर्धा गर्नेछिन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया