Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – अभिनेता राजबल्लभ कोइरालाले १० वर्षपछि अभिनयमा पुनरागमन गर्ने भएका छन् । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयमा प्रवेश गरेका कोइराला पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखिएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अहिले उनले चलचित्र ‘कामिनो’ मा अभिनय गर्न लागेका हुन् । ‘आफू सुहाउँदो भूमिका पाएँ। र, यो महत्त्वपूर्ण मध्येको एक हो,’ उनले भने, ‘मेरो छायाँङ्‌कन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।’

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने कोइरालाले चलचित्रका लागि नेपाल आउने विषय माग र आवश्यकतामा आधार रहने बताए । प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुशी लागेको निर्देशक दीपक ओलीले बताए । ‘हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ। चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ,’ उनले भने, ‘यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाँङ्‌कन उतै गर्दै छौँ ।’

कोइरालाले अभिनय गरेका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, छ एकान छ, हाइवे टु धम्पुसलगायतका चलचित्र चर्चित भएका थिए । उनले सात वर्षको अवधिमा २७ वटा चलचित्रमा अभिनय गरेका थिए ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो। जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामा निर्माण हुने चलचित्रको वैशाखबाट छायाँङ्‌कन हुने निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए । महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाँङ्‌कन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया