Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

काठमाडौं – बुद्ध एयरले निकट भविष्यमै भारतका थप २ गन्तव्यमा उडान सेवा विस्तार गर्ने तयारी गरेको छ । पोखरा-बनारस-पोखरा हप्तामा ३ उडान र पोखरा-देहरादुन-पोखरा हप्तामा ३ उडान विस्तार गर्न लागिएको बुद्ध एयरले जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा बुद्ध एयरले भारतका दुई स्थानमा उडान सेवा विस्तार गर्न लागेको जनाएको छ । उक्त विमानस्थल सन् २०२३ को जनवरी महिनाबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

हाल बुद्ध एयरले त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ-बनारस-काठमाडौँ उडान सेवा सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया