Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
धनगढी– नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग सात बुँदे सहमति कार्यान्वयनको विकल्प नभएको बताएका छन् ।
धनगढीमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले माओवादीकै प्रयासमा सहमति भएकाले यसको कार्यान्वयन माओवादीका लागि गर या मरको रहने बताए । ‘यो सहमति माओवादीकै प्रयासमा अन्य दलले गरिदिएका हुन्,’ ओलीले भने, ‘सहमति कार्यान्वयन नगरे माओवादी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट समाप्त हुने छ ।’
उनले सहमति कार्यान्वयन नभए माओवादीलाई समाप्त हुनबाट कसैले रोक्न नसक्ने जिकिर गरे । ओलीले आफ्नो दल सरकारमा नजानेसमेत स्पष्ट पारे । चार बुँदे ‘अपवित्र गठबन्धन’बाट बनेको सरकारमा एमाले सहभागी हुन जान नसक्ने ओलीको भनाइ थियो ।
तपाईको प्रतिक्रिया