Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – बेइजिङ विन्टर ओलम्पिक-२०२२ मा जर्मनी र नर्वेले सर्वाधिक आठ स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको नवौं दिनमा जर्मन पदक तालिकाको शीर्ष स्थानमा रहँदा नर्वे दोस्रो स्थानमा छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जर्मनीले आठ स्वर्ण, चार रजत र एक कास्यसहित १४ पदक जितेको छ । यता, नर्वेले आठ स्वर्ण, तीन रजत र ६ कास्यसहित १७ पदक हात पारेको छ ।

जारी प्रतियोगितामा ९३ मध्ये २६ देशले पदक तालिकामा खाता खेलेका छन् । २० राष्ट्रले स्वर्ण पदक जितेका छन् । संयुक्त राष्ट्र अमेरिका, नेदरल्यान्ड र स्विडेनले पाँच स्वर्ण जितेका छन् । अष्ट्रेलिया र चीनले समान चार स्वर्ण जित्दा रसियन ओलम्पिक कमिटीले ३ स्वर्ण पदक जितेको छ ।

इटाली, जापान, स्लोभेनिया र स्विजरल्यान्डले दुई दुई स्वर्ण पदक जित्दा क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, फिन्ल्यान्ड, चेक रिपब्लिक र स्लोभाकियाले एक एक स्वर्ण पदक जितेका छन् । २४औं शीतकालीन ओलम्पिक ४ देखि २० फेब्रुअरीसम्म आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया