Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैं – कतारले फिफा विश्वकपका लागि पुन: प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोगबाट स्टेडियम निर्माण गरेको छ । कार्बन न्यूट्रल गर्नका लागि स्टेडियम निर्माणको सुरुवातादेखि नै पर्यावरणमैत्री यातायात र कार्बन उत्सर्जन कम गर्ने किसिमका सामग्री प्रयोग गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्टेडियममा ८० प्रतिशत पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग भएको सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी (एससी) जनाएको छ । ‘फिफा विश्वकप कतार-२०२२ का सबै स्टेडियम ३० प्रतिशत ऊर्जा र ४० प्रतिशत पानी खपत गर्ने भएकाले वातावरणमैत्री छन्,’ सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी (एससी) ले भनेको छ।

एससीका अनुसार सबै रंगशाला निर्माणमा पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गरिएको छ । अहमद बिन अली स्टेडियम बनाउँदा पुरानो रंगशालाका ९० प्रतिशत सामग्री प्रयोग गरिएको पनि एससीको दिगोपन तथा वातावरणसमबन्धी हेर्ने वरिष्ठ इन्जिनियर बोडौर अल मीरले बताए ।

स्टेडियमहरू वातावरण, अर्थतन्त्र, सामाजिक वा मानवीय अवस्था जस्ता कुरामा आगामी पुस्तालाई असर नपर्ने गरी बनाइएको बताउँदै उनले यी सामग्रीहरूलाई भविष्यमा पनि सदुपयोग गर्न सकिने जानकारी दिए । सबै रंगशालासँग दूरी भएकाले यसअघिको फिफा विश्वकपको तुलनामा घरेलु उड्डयनका कारण हुने कार्बन उत्सर्जन घटाउने उनको भनाइ छ । रंगशालासम्म पुग्नका लागि दोहा मेट्रोले कम कार्बन उत्सर्जन गर्ने पर्यावरण-मैत्री सार्वजनिक यातायात सेवा दिने एससीले जनाएको छ ।

मेट्रो स्टेशनबाट छुटेका गाडी आठमध्ये सातवटा स्टेडियममा सीधा पुग्ने बताइएको छ । दोहा विश्वकपमा दर्शक तथा पाहुनाहरूलाई ओसार्न बोक्न करिब ८५० विद्युतीय बस प्रयोग गरिने एससीले जनाएको छ ।

तपाईको प्रतिक्रिया