Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – फिफाले गएराती दिएको ‘द वेस्ट २०२१’ को अवार्डमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको भोटको खुलासा भएको छ । वर्षको उत्कृष्ट खेलाडीका लागि पोर्चुगलका कप्तान रहेका रोनाल्डोले विजेता रोबर्ट लेवानडोस्कीलाई भोट दिएका छन् भने मेसीले नेइमारलाई आफ्नो भोट दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मेसी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिख र पोल्याण्डका स्टार लेवानडोस्कीले लगातार दोस्रो पटक फिफाको यो प्रतिष्ठित अवार्ड जितेका छन् । रोनाल्डोले आफ्नो पहिलो रोजाइमा लेवानडोस्कीलाई भोट दिएका थिए भने दोस्रो रोजाइमा चेल्सीका मिडफिल्डर एनगोलो कान्टे र तेस्रो रोजाइमा चेल्सीकै जर्जिन्होलाई दिएका थिए ।

त्यसैगरी मेसीले आफ्नो पहिलो रोजाइमा नेइमारलाई भोट दिए भने दोस्रो रोजाइमा पिएसजीकै किलीयन एम्बाप्पे र तेस्रो रोजाइमा रियल म्याड्रिडका करिम बेन्जमालाई भोट दिएको खुलेको छ । त्यसैगरी लेवानडोस्कीले भने आफ्नो पहिलो रोजाइको भोट चेल्सीका जोर्जिन्होलाई दिएका थिए भने दोस्रो रोजाइमा मेसी र तेस्रो रोजाइमा रोनाल्डोलाई भोट दिएका थिए ।

तपाईको प्रतिक्रिया