Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – ललितपुरको चर्चित टिम थ्रीस्टार क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित हात पारेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध थ्रीस्टारले २–० को जित निकालेको हो । एक आत्मघाती गोल र अन्तिममा १० मिनेट थपिएको इन्जुरी समयमा भएको गोलले थ्रीस्टारले जित हात पार्यो ।

खेलको ५७ औं मिनेटमा ऋतिकको फितलो प्रहार अमित श्रेष्ठको खुट्टामा लाग्दै गोल भएको थियो । उक्त आत्मघाती गोलको सहयोगमा थ्रीस्टार खेलमा १–० को अग्रतामा पुगेको थियो । त्यसपछि अन्सुमाना क्रोमाहले इन्जुरी समयमा गोल गरेपछि थ्रीस्टारको जित सुनिश्चित भएको थियो ।

थ्रीस्टारको जारी लिगमा यो तेस्रो जित हो भने लगातार दोस्रो जित पनि हो । अघिल्लो सातौं चरणमा थ्रीस्टारले जावलाखेललाई २–१ ले हराएको थियो । यसअघि, पहिलो चरणमा थ्रीस्टारले च्यासललाई ३–० ले हराएको थियो ।

यो नतिजापछि थ्रीस्टारको ८ खेलबाट १३ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । थ्रीस्टार शीर्ष स्थानको टिम मच्छिन्द्र क्लब भन्दा ६ अकंले पछि छ । योसँगै थ्रीस्टारको उपाधि आशा जीवितै रहेको छ । थ्रीस्टारले ४ खेल बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । उक्त हार जारी लिगकै स्तब्ध नतिजा पनि हो । नवप्रवेशी टिम सातदोबाटो युथ क्लबसँग थ्रीस्टार दोस्रो चरणमा १–० ले स्तब्ध बनेको थियो ।

थ्रीस्टारले मच्छिन्द्र, मनाङ, संकटा, ब्रिगेड ब्वाइज र पुलिससँग खेल्न बाँकी छ । उता हिमालयन शेर्पाको यो जारी लिगमा तेस्रो हार हो । यो हारपछि हिमालयन शेर्पा ८ खेलमा ११ अंकसहित छैटौं स्थानमा झरेको छ । टिमले ३ खेलमा जित हात पारेको छ भने २ खेलमा बराबरी नतिजा आत्मसात् गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया