Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो ।

पछिल्ला केही समययता विभिन्न राजनीतिक दलका सभा, सम्मेलन, बैठक तथा महाधिवेशन केन्द्रित गतिविधि निरन्तर थिए । जसका कारण कोरोना भाइरसको संक्रमण दर पनि बढ्दै गएको हो ।

माओवादी केन्द्रले १० देखि १८ पुससम्म गरी राजधानीको प्रज्ञा भवनमा आठौं राष्ट्रिय महाधिवेशन गरेको थियो । यसैगरी, एमालेले गत मंसिरमा चितवनको सौराहामा केन्द्रीय महाधिवेशन सकेर हाल देशभर जिल्ला अधिवेशन गरिरहेको छ ।

यसैगरी, नेपाली कांग्रेसको मंसिरमा नै केन्द्रीय महाधिवेशन सकिए पनि प्रदेश २ सहितका १६ जिल्लामा अधिवेशनको तयारी भइरहेको छ ।

माओवादी केन्द्रका देशभरबाट जम्मा भएका करीब १ हजार ७ सय नेता कार्यकर्ता आठ दिनसम्म एउटै हलमा भेला भएर छलफल गरेका थिए । त्यसक्रममा नै कतिपय नेता कार्यकर्तालाई ज्वरो आउने, रुघा लाग्नेजस्ता समस्या देखिएको थियो ।

माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै केन्द्रीय तहका आधा दर्जन बढी नेताहरूमा संक्रमण पुष्टि भएको छ भने अन्य दलका नेताहरूसमेत आइसोलेसनमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका चार जना नेता आइसोलेसनमा छन् ।

नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका हुन् ।

उनीहरू सबै जना गत बिहीबार र शुक्रबार बसेको सत्तारूढ दल आबद्ध उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकमासँगै थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौंमा भिडभाड हुने क्षेत्रमा केही कडाइ गरिने तयारी भएको जानकारी दिए ।

‘भिडभाड हुने क्षेत्रमा केही कडाइ गर्नुपर्ने विषयमा छलफल भइरहेको छ, संक्रमण बढेसँगै अब धेरै नै सचेत रहनुपर्ने अवस्था आइसकेको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले राजधानीसँग भने ।

उनले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सीसीएमसीको निर्देशनपछि संक्रमण रोकथाम गर्न भिडभाड नियन्त्रण गर्ने’bout थप निर्णय लिने जानकारी दिएका हुन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भिडभाडबाटै संक्रमणदर बढेको बताउँदै भिडभाड नियन्त्रणतर्फ प्रसासनको पहिलो प्राथमिकता रहने जानकारी दिइन् ।

उनका अनुसार विद्यालय, सिनेमा हल, सार्वजनिक यातायातलगायत क्षेत्रमा हुने भिडभाड कम गर्ने तर्फ प्रसासनको ध्यान केन्द्रित हुनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शनिबार काठमाडौं उपत्यकामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १३ हजार २ सय ६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ९ सय ४४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ८१ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा ३ सय ६२, ललितपुरमा ९४ र भक्तपुरमा २५ संक्रमित थपिएका हुन् ।

त्यसअघि गत शुक्रबार काठमाडौं उपत्यकामा ३ सय ७८ जना कोभिड संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा २ सय ८४, भक्तपुरमा ३२ र ललितपुरमा ६२ जना संक्रमित थपिएका थिए ।

यसैगरी, गत बिहीबार काठमाडौं उपत्यकामा ३ सय १० जना कोभिड संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा २ सय २१, भक्तपुरमा ३० र ललितपुरमा ५९ जना संक्रमित थपिएका थिए ।

आइतबार भने काठमाडौं उपत्यकामा ६ सय १५ जना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा मात्रै ४ सय ९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।

आइतबारसम्म देशभर होम आइसोलेसनमा ६ हजार १ सय २७ जना रसंस्थागत आइसोलेसनम ६ सय २८ जना रहेका छन् । तीमध्ये ७० जना आईसीयूमा, १६ जना भेन्टिलेटरमा र १ सय १३ संस्थागत क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया