Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। अब बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालले पनि पनि सहभागिता जनाउने पक्का भएको हो।

नेपाल भलिबल संघले शुक्रबार नेपालको महिला र पुरुष दुवै टिमले सहभागिता जनाउने पक्का गरेको हो। बंगलादेशको राजधानी ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ।

यो प्रतियोगिताका लागि अब नेपालले चाँडै नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नेछ। नेपाली महिला टिमले दुई वर्षअघि बंगलादेशमै भएको सेन्ट्रल जोन प्रतियोगिताको उपाधि जितेको थियो।

सो प्रतियोगितामा नेपाली पुरुष टिमले भने सम्झनलायक प्रदर्शन गर्न सकेको थिएन।

तपाईको प्रतिक्रिया