Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – आइसीसी टी २० विश्वकपको सुपर १२ का खेलहरु आजबाट सुरु हुँदैछन । जसमा पहिलो खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाविच प्रतिस्पर्धा हुनेछ । टी २० विश्वकपमा दुबै टिमको रेकर्ड उत्कृष्ट भने छैन । यतिमात्र होइन, दुबै टिमका लागि पहिलो खेल नै निकै महत्वपुर्ण रहेको छ ।

पछिल्लो पटकको टी २० बरियतामा दुबै टिम उपाधिको दावेदारका रुपमा त्यति हेरिएका छैनन् । तरपछि प्रदर्शनका आधारमा दक्षिण अफ्रिका आजको खेलमा हावी हुने अपेक्षा गरिएको छ । उसले पछिल्ला १० खेलमा नौ जित निकालेको छ । उसले यो प्रतियोगिता अगाडी खेलेका दुबै वार्मअप खेलमा दुबै जितेको छ । उसले पाकिस्तान र अफगानिस्तानलाई हराएको थियो ।

यता अजिज टिमले पछिल्ला १० टी २० मा ८ खेल हारेको छ । वार्मअप खेलमा पनि न्युजिल्याण्डलाई मुस्किलले जितेको थियो भने भारतसँग नराम्रो हार ब्यहोरेको थियो ।

दक्षिण अफ्रिकाविरुद्ध भने अष्ट्रेलियाको राम्रो रेकर्ड रहेको छ । पछिल्ला पाँच खेलमा अष्ट्रेलियाले चार हार र एक जित निकालेको छ । दक्षिण अफ्रिकाको भने पाँचै खेलमा जित छ ।

अष्ट्रेलियाका लागि डेविड वार्नरको फर्म केहि चिन्ताको विषय रहेको छ । उनले पछिल्लो चार खेलमा दुई खेलमा खाता खोल्न सकेका थिएनन् भने एक खेलमा दुई रन र एक खेलमा एक रन बनाएका थिए । उनी टी २० क्रिकेटमा २३ पारीमा मात्र एक सय २९ रन बनाउन सकेका छन । टिम उनको फर्क फर्किएको हेर्न चाहिरहेको छ ।

आबुधावीमा हुने खेलको पिचले पनि धेरै फरक पार्नेछ । यो खेलमा अष्ट्रेलियाले सात जना ब्याट्सम्यानलाई खेलाउने योजना बनाएको छ भने तीन जना मुख्य बलर राख्ने भएको छ । दक्षिण अफ्रिकाले पनि आफ्नो बलियो लाइनअपलाई बलियो टिम अष्ट्रेलियाविरुद्ध उतार्ने योजनामा छ ।

आजै दुबई इंग्ल्याण्ड र वेष्ट इन्डिजविच प्रतिस्पर्धा हुनेछ । पाँच बर्ष अगाडी कोलकातामा भएको २०१६ को टी २० विश्वकपको फाइनलमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई नै हराएर उपाधि जितेको थियो । पावरहिटरले भरिएको वेष्टइन्डिज र राम्रो बलिङ लाइनअप भएको इंग्ल्याण्डविचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया