Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैँ – १३औं संस्करणकाे साफ च्याम्पियनसिपकाे उपाधि भारतले उचालेकाे छ । भारतले फाइनलमा नेपाललाई ३-० ले पराजित गरेकाे हाे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

माल्दिभ्सकाे मालेस्थित नेशनल फुटबल मैदानमा शनिबार भएकाे फाइनलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री, सुरेश सिंह र साहल अब्दुल समादले १-१ गाेल गरे । पहिलाे हाफ बराबरीमा सकिएकाे खेलकाे ४८औं मिनेटमा सुनिलले गाेल गर्दै भारतलाई अग्रता दिलाएकाे थिए ।

सुनिलले प्रितम काेटलकाे क्रस बललाई हेडमार्फत पाेस्टकाे दिशा दिए । पहिलाे गाेल गरेकाे केहि समय भित्रै भारतले आफ्नाे अग्रता दाेब्बर बनायाे । उसका लागि ५० औं मिनेटमा सुरेशले गाेल गरे । सुरेशले यासिर माेहम्मदकाे कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गाेलमा परिणत गरेका थिए । ९०औं मिनेटमा समादले गाेल गर्दै भारतलाई सहज जित दिलाए ।

याे नितजासँगै भारतले आठाैंपटक साफ च्याम्पियनसिपकाे उपाधि उचाल्दा नेपालकाे भने पहिलाेपटक साफ जित्ने सपना अधुरै बनेकाे छ ।

तपाईको प्रतिक्रिया