गोरखा- सामागाँउ गाविस ४ को मनास्लु हिमालको बेश क्याम्पमा आइतबार बिहान गएको हिम पहिरोमा १३ पर्यटक बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार मनास्लु हिमालको २ र ३ नम्वर बेश क्याम्पमा गएको पहिरोमा १२ घाइते भएका छन् । घाइते सबैको उद्दार गरिसकेको गोरखाका प्रहरी नायब उपरीक्षक बसन्तबहादुर कुँवरले बताए ।
सात हजार उचाईमा रहेको हिमाल बेश क्याम्पमा बिहानको खाजा खाने बेलामा पर्यटक हिम पहिरोमा परेका हुन् । हिम पहिरोमा जर्मन र नेपाली नागरिक परेका छन् । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन । ***