Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं — चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । लगातार दुई दिन समर्थक खेलाडीका प्रदर्शन नहेरी नै घर फर्किएका छन् ।

सोमबार मैदान भिजेकै कारण काठमाडौं र विराटनगर वारियर्सको खेल स्थगित भएको थियो । काठमाडौंका पाकिस्तानी पूर्वकप्तान ब्याटिङ नै नगरी इपिएलबाट बिदा भएका छन् । इपिएलको पाँचौँ दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन राइनोजबीचको थियो । यो खेल पनि स्थगित भयो । आयोजक इपिएलले यी दुवै खेलका नयाँ तालिका सार्वजनिक तयारीमा छ ।

इपिएलमा शनिबार र आइतबार मात्र खेल भएका छन् । इपिएलको तेस्रो खेलमा भैरहवा र पोखराले अंक बाँडेका थिए । अहिलेसम्म इपिएलमा दुईवटा खेलमा मात्र नतिजा आएको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रियटर्सलाई सात विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवनले विराटनगर वारियर्सलाई अन्तिम ओभरमा दुई विकेटले हराएको थियो ।

इपिएलको तेस्रो खेल वर्षाका कारण पूरा भएन । भारी वर्षाका कारण खेल स्थगित हुनुअघि पहिलो ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ६५–७ को खराब प्रदर्शन गरेको थियो । प्रतियोगिताको छैटौँ खेलका रूपमा पोखरा र काठमाडौंबीचको खेल निर्धारित समयअनुसार १२:१५ मा हुने भनियो । अम्पायरद्वय बुद्ध प्रधान र विनयकुमार झाले मंगलबार तीनपटक मैदानबारे बुझेका थिए । १२:३० मा खेल सम्भव नभएपछि दोस्रोपटक १३:३० मा पुन मैदानको परीक्षण भयो ।

त्यसपछि २:३० बजे अन्तिमपटक मैदानको अवस्था हेर्दै दुवै अम्पायरले खेल स्थगित भएको घोषणा गरे । खेल स्थगित हुनुका कारण भिजेको मैदान हो । भिजेको आउटफिल्ड र त्यसपछि हल्का वर्षा भएपछि खेल नै स्थगित भयो । इपिएलको छैटौँ खेल गराउने वा नगराउने पक्षमा अम्पायर र कप्तानबीच वार्ता भएको थियो ।

अहिलेसम्म डाटाअनुसार ब्याटिङमा काठमाडौंका रायन बुरलले व्यक्तिगत सर्वाधिक ७३ रन जोडेका छन् । रायन र विराटनगरका जिम्मेवाली खेलाडी सिकन्दर राजाले समान सात–सात छक्का प्रहार गरेका छन् । बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया