काठमाडौं — बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो । एक गोल माटियो कोभासिसको नाममा रह्यो । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।
स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १५औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले माटियो कोभासिसको पासमा गोल गर्न सफल भएका थिए ।
४९औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुकाकुले कप्तान सेसर एज्पिलिक्वेटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीको जित पक्का गरे । लुकाकुले चेल्सीका लागि तेस्रो खेलमा तेस्रो गोल गर्न सफल भएका हुन् ।
जितपछि चेल्सीले शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेपनि गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । अपराजित रहेको दुवै टोलीको समान ४ खेलबाट १० अंक छ । पराजित एस्टन भिल्ला ४ अंकसहित १२औं स्थानमा छ ।
इपिएलको नतिजा
क्रिस्टल प्यालेसविरुद्ध टोटेनहम (३–०)
आर्सनलविरुद्ध नर्विच (१–०)
ब्रेन्टफर्डविरुद्ध ब्राइटन (०–१)
लेस्टरविरुद्ध म्यानचेस्टर सिटी (०–१)
म्यानचेस्टर युनाइटेडविरुद्ध न्युक्यासल (४–१)
साउथह्याम्टनविरुद्ध वेस्ट ह्याम (०–०)
वाट्फोर्डविरुद्ध वल्भ्स (०–२)