Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैँ – पपुवा न्यूगिनीसँगको एकदिवसीय क्रिकेटमा नेपालले १३५ रनको लक्ष्य पाएको छ । ओमनमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेपछि बलिङ थालेको नेपालले उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ३३ औ औभरमा १३४ रनमै अलआउट गराएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए भने कुशल मल्ल र विक्रम सोबले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । एकदिवसीय खेलमा डेब्यू गरेका विक्रम सोबले २ विकेट लिए र उनले आफ्नो पहिलो बलमै विकेट लिँदै नेपालको तर्फबाट डेब्यू बलमै विकेट लिने पहिलो खेलाडी पनि बने ।

५ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै मात्र २० रन दिएर २ विकेट लिए । यस्तै आजका सर्वाधिक सफल बलर सन्दीपले पूरै १० ओभर बलिङ गर्दै ३५ रन दिएर ४ विकेट लिए । यसैगरी, कुशलले ७ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन दिएर २ विकेट लिए । साेमपालले ७ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।

नेपालका पवन सर्राफले २ ओभर बलिङ गर्दै ७ रन दिए भने २ ओभर नै बलिङ गरेका आरिफ शेखले १४ रन दिए । उनीहरु दुबैले विकेट भने लिन सकेनन् । पीएनजीका लेगा सियागाले सर्वाधिक ३० रन बनाए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । विश्वकप क्रिकेट लिग-२ अन्तगर्गत त्रिकोणात्मक क्रिकेट खेल्न ओमनमा पुगेकाे नेपालले पीएनजीसँग २ वटा एकदिवसीय क्रिकेट खेल्ने कार्यक्रम अनुसार आज पहिलो खेल खेलेको हो ।

तपाईको प्रतिक्रिया